सुन मुल्य बढ्यो, तोलामा कति पुग्यो ?

 सुन मुल्य बढ्यो, तोलामा कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य थोरै बढेको छ। चाँदीको मूल्य भने आज घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको एकसय रुपैयाँ बढेको हो। सुनको मूल्य आज तोलाको एक लाख ७० हजार तीनसय रुपैयाँ कायम भएको छ।

गएको शुक्रबार सुनको मूल्य तोलाको एक लाख ७० हजार दुईसय रुपैयाँ थियो। यही फागनु १३ गते सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार ३ सय रुपैयाँ पुगेको थियो। जुन मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

आज चाँदीको भाउ भने घटेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य तोलाको ५ रुपैयाँ घटेर १ हजार ९ सय ८५ रुपैयाँ कायम भएको छ।