पिठो तथा इन्धनको अभावमा गाजाका बेकरी बन्द

पिठो तथा इन्धनको अभावमा गाजाका बेकरी बन्द

गाजा । गाजा पट्टीका  बेकरीहरूमा  पिठो तथा इन्धनको  अभावका कारण उत्पादन रोकिएको  छ ।

इजरायली  नाकाबन्दीले गर्दा सङ्कटग्रस्त गाजाबासीहरूबीच अनिकालको सम्भावित प्रभावबारे थप चिन्ता बढेको छ ।

गाजाको बेकरी मालिक सङ्घका प्रमुख अब्देल नासेर अल अजरामीले विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) द्वारा अनुदानप्राप्त बेकरी सोमबार र अन्य बेकरीमा मङ्गलबारदेखि उत्पादन बन्द भएपछि चरम भोकमरीको सम्भावना बढेको बताएका छन् ।

उनले  डब्लुएफपीले पिठोलगायत भण्डारणका सामानको न्युनताको सुचना जारी गरेसँगै बेकरीहरू बन्द  भएपछि सयौं हजार परिवारहरूको खानाको मुख्य स्रोत बन्द भएको जनाइएको छ ।  

अल अजरामीले गाजाको  स्थिति अत्यन्त खतरनाक भएको जनाउदै आधारभूत सामग्रीहरू वितरण गर्न कुटानपिसान उदोगहरू तुरुन्तै नखोलिए प्रकोप थप बढ्ने बताएका छन् ।