यातायात कार्यालय जनकपुरबाट एक जना बिचौलिया पक्राउ

यातायात कार्यालय जनकपुरबाट एक जना बिचौलिया पक्राउ

जनकपुर । धनुषा प्रहरीले यातायात व्यवस्था कार्यालय जनकपुरबाट एक जना बिचौलियालाई पक्राउ गरेको छ ।  जनकपुरधाम उपमहानगरपालिका १४ का २६ वर्षीय सुवास कुमार राउतलाई  प्रहरीले पक्राउ गरेको हो ।

सेवाग्राहीहरूसँग काम छिटो छरितो गराइदिन्छु भनी आर्थिक लाभ लिई बिचौलियाको काम गरिरहेको छ भन्ने सूचनाका आधारमा खटिएको प्रहरी उनलाई बिहीबार २ बजे पक्राउ गरेको हो ।

शुक्रवार यातायात कार्यालयमा सेवाग्राहीहरूसँग बार्गेनिङ गरिरहेको अवस्थामा राउतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ परेका राउतमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।