बालेनले ‘अदालतलाई मान्दिनँ’ भनेपछि उनीविरुद्ध सर्वोच्चमा रिट

बालेनले ‘अदालतलाई मान्दिनँ’ भनेपछि उनीविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । 

अधिवक्ता वर्षाकुमारी झाले शुक्रबार बालेनले अदालतको अवहेलना गरेको रिट दायर गरेकी हुन् । 

बालेनले गत बिहीबार सामाजिक सञ्जालमार्फत् देशको सार्वभौमिकताको कुरा आउँदा कुनै कानुन र अदालतलाई नमान्ने टीप्पणी गरेका थिए ।

उच्च अदालत, पाटनले आदिपुरुष चलाउन अन्तरिम आदेश दिएपछि प्रमुख बालेनले यस्ताे टीप्पणी गरेका थिए ।

चलचित्र संघले हिन्दी फिल्म चल्न नदिने काठमाडौँ महानगरपालिकाको निर्णयविरुद्ध रिट हालेकाे थियाे ।

अदालतले चलचित्र चलाउन आदेश दिएकाे भन्दै अदालत पनि भारतको गुलाम भएको बताएका थिए ।

बालेनले ‘आदिपुरुष’ मा ‘जानकी भारतकी छोरी हुन्’ भन्ने भ्रमपूर्ण संवाद भारतबाट नहटेसम्म हिन्दी फिल्म चल्न नदिने बताउँदै हिन्दी फिल्म प्रदर्शन रोक लगाएका थिए् ।