धनगढीका लागि उडेको श्री एअरको जहाजमा समस्या आएपछि काठमाडौं फिर्ता

धनगढीका लागि उडेको श्री एअरको जहाजमा समस्या आएपछि काठमाडौं फिर्ता

काठमाडौं । काठमाडौंबाट धनगढी उडेको श्री एअरलाइन्सको जहाजमा समस्या आएपछि पुनः काठमाडौंमा नै अवतरण गरिएको छ ।

आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट धनगढीका लागि उडेको श्री एअरलाइन्सको जहाजमा समस्या आएपछि काठमाडौंमै अवतरण गरेको हो ।

आइतबार बिहान ७ः५० बजे उडेको जहाजमा प्रेसराइजेशनको समस्या देखिएपछि काठमाडौंमै फिर्ता भएको हो । जहाजमा ७९ जना यात्रु थिए ।