काठमाडौं । अध्ययन भिसामा जापान जाने नेपाली विद्यार्थीहरूलाई भाषा शिक्षण तथा परामर्श सेवा प्रदान गर्दै आएको प्यासन फाउन्डेसनबाट एकैदिन १२८ विद्यार्थीले सीओई प्राप्त गरेका छन् ।
प्यासन फाउन्डेसन गोंगबु काठमाडौं मार्फत जापानको ओसाकास्थित एक विश्वविद्यालयमा अध्ययनका लागि आवेदन दिएका ती विद्यार्थीले ४ असारमा एकैपटक सीओई प्राप्त गरेका हुन् । सीओई प्राप्त हुनुलाई जापानको भिसा पक्का भए बराबर मान्ने गरिन्छ ।
प्यासन फाउन्डेसनका प्रबन्ध निर्देशक पुष्पराज पहराईले विद्यार्थी तथा अभिभावकहरूको विश्वास र आफ्ना दक्ष तथा मेहनती कर्मचारीको प्रयासका कारण सफलता प्राप्त भएको बताए । ठुलो संख्यामा विद्यार्थीहरूले सीओई प्राप्त गरेपछि नयाँ भाषा कक्षामा भर्ना हुने विद्यार्थीलाई फाउन्डेसनमार्फत धेरै संख्यामा छुट दिने घोषणा समेत उनले गरे ।
विगत लामो समयदेखि प्यासन फाउन्डेसन जापान जाने नेपाली विद्यार्थीहरूका लागि उत्कृष्ट परामर्शदाता संस्थाका रूपमा समेत परिचित छ । उक्त संस्थाले देशका विभिन्न ठाउँमा रहेका आफ्ना शाखाहरू मार्फत सेवा दिँदै आएको छ ।