म्याग्दी । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि गण्डकी प्रदेश सरकारबाट म्याग्दीमा खानेपानी, नदी नियन्त्रण र सिँचाइ आयोजना निर्माणका लागि १४ करोडभन्दा बढी बजेट विनियोजन भएको छ ।
खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीमार्फत कार्यान्वयन हुने गरी ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले ९५ वटा योजना तथा कार्यक्रमका लागि १४ करोड ३५ लाख बजेट विनियोजन गरेको हो ।
खानेपानी र सिँचाइ सुविधा विस्तार तथा कटानको जोखिमयुक्त बस्ती संरक्षणका लागि बजेट विनियोजन भएको म्याग्दी प्रदेशसभा क्षेत्र (क) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरि भण्डारीले जानकारी दिए ।
गण्डकी प्रदेशको आर्थिक मामिला मन्त्रालयले सार्वजनिक गरेको योजनाको विवरणअनुसार आगामी वर्ष म्याग्दीका ११ वटा नदी नियन्त्रण योजनालाई दुई करोड साठी लाख, ३५ वटा सिँचाइ योजनालाई चार करोड ८० लाख र ४९ वटा खानेपानीका योजनालाई छ करोड ५० लाख विनियोजन भएको छ ।
एउटा एउटा तथा कार्यक्रमका लागि न्यूनतम दश लाखदेखि अधिकतम ४५ लाखसम्म बजेट विनियोजन भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीका अनुसार चालु आव २०७९/०८० मा म्याग्दीका ९९ वटा योजनाका लागि १२ करोड बजेट विनियोजन भएको थियो । देशका धेरै जिल्लामा बजेट घटे पनि म्याग्दीमा कार्यान्वयन हुने योजनाका लागि गत वर्षको तुलनामा करिब दुई करोड ५० लाख बजेट बढेको हो ।
बेनी नगरपालिका, मङ्गला र मालिका गाउँपालिकामा म्याग्दी नदी नियन्त्रणमा ४५ लाख, मङ्गला गाउँपालिकाको सिमल चौर, तारा खेत, बाबिया चौर पिपल बोट क्षेत्रमा म्याग्दी नदी नियन्त्रण, मालिका गाउँपालिकाको दर वाङ बजार संरक्षण, बेनी नगरपालिका–४ को सिङ्गा तातोपानी तटबन्ध तथा संरक्षण, मङ्गला गाउँपालिका म्याग्दी नदी तटबन्धका लागि २५/२५ लाख र बनेपा ८ काली पुल बारी जलजला–३ काली गण्डकी किनारमा पहिरो र कटान संरक्षणका लागि ३० लाख विनियोजन भएको छ ।
बनेपा–४ को नयाँ पुल सुर्के मेला म्याग्दी खोला बस्ती संरक्षणका लागि २० लाख, मङ्गला-२ सिम बगर म्याग्दी नदीमा तटबन्ध, उपल्लो तातोपानी बजार संरक्षण, बनेपा–२ को कारागार भवन तथा बस्ती संरक्षण तटबन्धका लागि दश÷दश लाखका दरले विनियोजन भएको छ ।
सिँचाइतर्फ रघु गङ्गा–१ को पादुक, बनेपा-१ र २ को अधेरी खोला ठूलोखोला सिमाली बरडाडा सिँचाइ कुलो, मालिका–५ को गौराखोला, बनेपा-४ को सामतुङ सिँचाइ आयोजना र सिँचाइ प्रणालीको मर्मत सुधार कार्यक्रमका लागि २०/२० लाख बजेट विनियोजन भएको छ ।
१५ लाखका दरले बजेट विनियोजन हुनेमा मङ्गला–५ को हिल्वाङखोला खोरलाई, मालिका–४ को फूलबारी, धौलागिरि–७ को हिलापोखरी, बनेपा-९ को पहेलेखोला थाकन बृहत्, बनेपा–५ को कुमाल्डी, मालिका–७ को नौलिस्नेखोला सिँचाइ आयोजना रहेका छन् ।
मङ्गला–३ को झ्याम्टे खोला मैरनी साँझादह, मङ्गला–२ को रणवाङ, रघु गङ्गा–३ को राखु पिप्ले, मङ्गला–५ को मह खोला, मङ्गला–२ को तल्लो ओखलढुङ्गा गडहरेखोला, मालिका–४ को फूलबारी, मङ्गला–३ को पखेर, रघुगंगा–४ को दर्मिजा सिँचाइ योजनालाई दश÷दश लाख र बनेपा–१ को २०२३ साले सिँचाइ कुलोलाई १२ लाख विनियोजन भएको छ ।
बेनी–४ को मथुराखोला फापरचौर, रघु गङ्गा–२ को चुनपोल्ने ठाडीखोरीया पहिरा, मङ्गला–३ को झ्याप्रे बिसौनी, मालिका–३ को छेरवाङखोला औल, मङ्गला–५ को पोक शेराफाँट, मालिका–१ को खोप्टीखोला, मङ्गला–५ को छिस्वाङ, मालिका–७ को बेल्फी लुर्वाङ, मङ्गला २ को तोराखेत, मालिका ४ को बुकेनी, बनेपा–१ को तेइससाले सिँचाइ कुलो मर्मत, बनेपा–२ को बगर फाँट लिफ्ट, मालिका–१ को केश, मङ्गला–२ को घोरेनी कोत्रवाङ सिम, बनेपा १ को उपल्लोचौर नहर तथा संरचना निर्माण, रघु गङ्गा–१ को बेगखोला सिँचाइ आयोजनालाई दश÷दश लाखका दरले बजेट विनियोजन भएको छ ।
खानेपानीतर्फ मङ्गला–१ को कुहुँलाई ३० लाख, रघु गङ्गा–२ को बनाखी, रिसिनचौतारी गुल्फु, बरखर्क एक घर एक धारा, बाङ्गेधारा, रघुगङ्गाको चिमखोला भगवती पिप्ले बृहत्, मङ्गला–३ को जुकेपानी निहुँखोला बनाहा आल्टे, भकिम्ली एक घर एक धारा, खानेपानी आयोजनालाई २०/२० लाख विनियोजन भएको छ ।
बेनी–५ लिफ्ट, बनेपा ९ को घतान काउलेगौडा खानेपानी आयोजना र रघु गङ्गा–२ को सिजलगाउँ चुनेपानी खानेपानी आयोजनालाई १५/१५ लाख विनियोजन भएको छ । बनेपा–३ को डाडाखानी, भुकभुके, बनेपा–९ ढावाको सौरबोट, अन्नपूर्ण गाउँपाकिलाको लहरेनी पाउद्वार, बनेपा–९ को खसपधेरा, रघु गङ्गा–२ को रुइसेटोल खानेपानी सुधार, रघु गङ्गा ६ को फूलडाँडा औलागाउँ, रघु गङ्गा ३ को पिप्ले, मङ्गला–३ को याङगुङ, बनेपा ३ को डाँडाखानी खानेपानी मर्मत, मङ्गला १ को काउले खानेपानी मर्मत, मङ्गला ३ र ४ को सेफल काल्ला धारो ढुङ्गा, मालिका १ को दासटोल, मालिका–५ को देविस्थान, मालिका–६ को दर वाङ, मालिका ५ को गरजरा, मङ्गला–५ को छिसवाङ, बनेपा ४ के डाँडाखेत, अन्नपूर्ण ५ को तल्लो र उपल्लो शिख, बनेपा–६ को अमराई, बनेपा १० को ओखले, बनेपा ४ को भालुदुला, बनेपा १० को नेपाने र रघु गङ्गा ४ को दग्नाम खानेपानी आयोजनालाई दश÷दश लाखका दरले विनियोजन भएको छ ।