संसद्‍बाट बहुमतले बजेट पारित

संसद्‍बाट बहुमतले बजेट पारित

काठमाडाैं । २०८०र०८१ को बजेट बहुमतले पारित भएको छ ।

मत विभाजन परिणाम सुनाउँदै सभामुख देवराज घिमिरेले विधेयक बहुमतले पारित भएको घोषणा गरेका हुन् ।

आज मत विभाजनमा २५५ संसद सहभागी थिए। विनियोजन विधेयक पारित गर्ने पक्षमा १४७ र विपक्षमा १०८ सांसदले मत हालेका थिए ।

यसअघि प्रमुख प्रतिपक्षी दल एमालेले पक्षभन्दा विपक्षीको संख्या धेरै भएकाले मत विभाजनको माग गरेको थियो ।