कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने 

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने 

काठमाडौं । बिहीबार स्थगित भएको कोशी प्रदेश सभाको तेस्रो अधिवेशनको बैठक आज बस्दै छ । 

बैठक शुक्रवार बिहान ११ बजे बस्ने तय भएको  छ । बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने कार्यसूची रहेको छ ।

९३ सदस्य रहेको कोशी प्रदेशसभामा मुख्यमन्त्री कार्कीलाई सरकार जोगाइ राख्न ४७ मत आवश्यक पर्दछ । तर कार्कीसँग एमालेका ४० र राप्रपाका ६ सहित ४६ सदस्यको मात्रै समर्थन रहेको छ । 

यता, विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, एकीकृत समाजवादीका ४ गरी ४६ सांसद छन् ।

एक मात्र सांसद रहेको जसपाले विश्वासको मतमा तटस्थ बस्ने निर्णय गरिसकेको छ ।