एमाले निर्वाचन आयोगका अध्यक्षमा डा सुब्बा निर्वाचित

एमाले निर्वाचन आयोगका अध्यक्षमा डा सुब्बा निर्वाचित

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को निर्वाचन आयोगको अध्यक्षमा डा विजय सुब्बा पुनः निर्वाचित भएका छन् ।

ललितपुरको गोदावरीमा जारी दोस्रो विधान महाविधेशनले आयोगको अध्यक्षमा डा सुब्बालाई सर्वसम्मत चयन गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । यसअघि पनि उन अध्यक्ष रहेका थिए ।

यस्तै, आयोगको उपाध्यक्षमा सानुराजा पोखरेल र सचिवमा कुन्साङ लामासहित २५ सदस्य चयन गरिएका छन् । आयोगले पार्टीको राष्ट्रिय महाधिवेशन, मातहतका कमिटी र जनसङ्गठनको निर्वाचन गराउने छ ।