दोलखामा समानुपातिक मतमा पनि पहिलो भयो रास्वपा

दोलखामा समानुपातिक मतमा पनि पहिलो भयो रास्वपा

दोलखा । दोलखामा समानुपातिक मतमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो स्थान हासिल गरेको छ । आज सम्पन्न मतगणनामा रास्वपाले ३५ हजार ८ सय ८३ मत प्राप्त गरी पहिलो स्थान हासिल गरेको हो भने दोस्रो स्थान नेकपा (एमाले) ले प्राप्त गरेको छ ।

एमाले पार्टीले १५ हजार ८ सय २ मत प्राप्त गरेर दोस्रो दल हुन सफल भएको हो । त्यसैगरी, नेपाली कांग्रेसले दोलखामा समानुपातिकतर्फ तेस्रो स्थान हासिल गरेको छ । कांग्रेस पार्टीले ११ हजार ५ सय ५५ मत प्राप्त गरी तेस्रो दल बनेको हो । चौथो स्थानमा नेपाली कम्युनिष्ट पार्टी (तारा ) चिह्न १० हजार २७८ मत प्राप्त गरि चौथो भएको हो ।

त्यस्तै, अन्य साना दलहरू राष्ट्रिय परिवर्तन पार्टी (बाँसुरी चिह्न)ले चार हजार १ सय ५२ मत प्राप्त गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (हलो चिह्न)ले १ हजार ४ सय ९८ मत प्राप्त गरेको छ । प्रत्यक्षतर्फ रास्वपा उम्मेदवार जगदीश खरेल ३२ हजार ३७६ मत ल्याएर निर्वाचित भएका छन् । दोस्रो बनेका नेकपा (एमाले)का पार्वत गुरुङले १७ हजार ४ सय ४९ मत पाएका छन् ।