दर्शक घटेपछि क्यानले घटायो लिग–२ खेलको टिकट मूल्य

दर्शक घटेपछि क्यानले घटायो लिग–२ खेलको टिकट मूल्य

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गतको एकदिवसीय त्रिकोणात्मक शृङ्खलाको टिकट मूल्य घटाएको छ। दर्शकको उपस्थिति निराशाजनक बनेपछि क्यानले टिकट दर आधा घटाएर २०० रुपैयाँ कायम गरेको हो।

क्यानले यसअघि ४०० रुपैयाँ तोकेको टिकट मूल्यलाई घटाउँदै आगामी खेलका लागि नयाँ दर निर्धारण गरेको जनाएको छ। अब मंगलबार हुने नेपाल र ओमानबीचको अन्तिम खेल तथा त्यसपछि हुने नेपाल, अमेरिका र स्कटल्यान्डबीचको त्रिकोणात्मक शृङ्खलाका सबै खेलका लागि टिकट मूल्य २०० रुपैयाँ तोकिएको छ।

पछिल्ला खेलहरूमा टिकट महँगो भएको भन्दै दर्शकको संख्या न्यून देखिएपछि क्यानले मूल्य घटाउने निर्णय गपार्मालाई हराउँदै इन्टर मिलानले जित्यो २१औँ सिरी ‘ए’ उपाधि रेको हो। लिग–२ अन्तर्गत नेपालले ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) सँग खेलिरहेको छ। सुरुका खेलहरूमा दर्शकको उपस्थिति अपेक्षाकृत कम देखिएको थियो।

यसैबीच, खेलाडीहरूले समेत दर्शकको कमीप्रति चिन्ता व्यक्त गरेका थिए। नेपाली राष्ट्रिय टोलीका अलराउन्डर दिपेन्द्रसिंह ऐरीले अघिल्लो खेलपछि दर्शक नआएकोमा आश्चर्य व्यक्त गर्दै समर्थकको साथले खेलाडीलाई ऊर्जा दिने बताएका थिए। उनले टिकट मूल्य बढी भएको कारण पनि दर्शक घटेको हुन सक्ने संकेत गरेका थिए।

यसअघि क्यानले यूएईविरुद्धको रात्रिकालीन टी–२० सिरिजका लागि ७५० रुपैयाँसम्म टिकट मूल्य तोकेको थियो। तर त्यस समयमा पनि अपेक्षित दर्शक उपस्थित नभएपछि मूल्य घटाएर ४०० रुपैयाँ बनाइएको थियो। त्यसपछि पनि अवस्था सुधार नभएपछि अन्ततः २०० रुपैयाँमा झारिएको हो।

लिग–२ अन्तर्गत नेपालले यसअघि यूएईसँग दुई खेल र ओमानसँग एक खेल खेलिसकेको छ। अब बाँकी खेलहरूमा दर्शकको उपस्थिति बढ्ने अपेक्षा गरिएको क्यानले जनाएको छ। क्यानले टिकट मूल्य घटेसँगै आगामी खेलहरूमा कीर्तिपुर मैदानमा दर्शकको सहभागिता बढ्ने र घरेलु मैदानमा खेलाडीहरूले अझ राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरेको छ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।