कति छ आज विदेशी मुद्राको विनिमय दर ? (सूचीसहित)

कति छ आज विदेशी मुद्राको विनिमय दर ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । 

राष्ट्र बैंकका अनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ । 

अमेरिकन डलरको खरिद दर १३२ रुपैयाँ ७५ पैसा र बिक्री दर १३३ रुपैयाँ ३५ पैसा तथा युरोपियन युरो १ को खरिद दर  १४४ रुपैयाँ २१ पैसा र बिक्री दर १४४ रुपैयाँ ८६ पैसामा कारोबार हुने भएको छ ।

बेलायती पाउन्ड १ को खरिद दर १६८ रुपैयाँ ६५ पैसा र बिक्री दर  १६९ रुपैयाँ ४१ पैसामा कारोबार हुँदा अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ ३२ पैसा रहेको छ भने बिक्री दर ८७ रुपैयाँ ७१ तथा क्यानेडियन डलर १ को खरिद दर ९८ रुपैयाँ ४८ पैसा र बिक्रीदर ९८ रुपैयाँ ९२ पैसामा खरिदबिक्री हुनेछ ।

कतारी रियालको मूल्य १ को खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ५८ पैसा रहेको छ ।

binimaya rate1706060306.PNG