काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले थप तीन देशमा गैरआवासीय नेपाली राजदूत नियुक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बजोजिम नियुक्त गरेका हुन् ।
राष्ट्रपति कार्यालयले सोमबार जारी गरेकाे विज्ञप्तिअनुसार अस्ट्रेलियाका राजदूत कैलाशराज पोखरेललाई पपुवा न्युगिनी, ब्राजिलका राजदूत निर्मलराज काफ्लेलाई कोलम्बिया र डेनमार्कका राजदूत रामस्वार्थ रायलाई स्वीडेनको गैरआवासीय राजदूत नियुक्त गरिएकाे हाे ।
यसअघि पनि राष्ट्रपतिले विभिन्न देशमा गैरआवासीय राजदूत नियुक्त गरेका थिए ।