काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेड पुतलीसडकको व्यवस्थापन र सञ्चालनका लागि संयोजक पदमा पुनः दरखास्त आह्वान गरेको छ ।
बुधबार दोस्रोपटक सूचना प्रकाशित गर्दै बैंकले २०८० चैत १३ गते मंगलबार कार्यालय समयभित्र दरखास्त पेश गर्न आह्वान गरेको छ ।
यसअघि पहिलोपटक २०८० फागुन १४ गते प्रथमपटक दरखास्त आह्वान गरिएको थियो ।
संयोजक पदका लागि व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातकोत्तर उपाधि हासिल गरी बैंकिङ क्षेत्रमा न्युनतम १० (दश) वर्षको अनुभव प्राप्त गरेको बैंकिङ विज्ञ हुनुपर्ने न्युनतम योग्यता र अनुभव तोकिएको छ ।
संयोजक पदका लागि मासिक १ लाख २६ हजार ३०० रुपैयाँ मासिक पारिश्रमिक निर्धारण गरिएको छ भने अन्य सुविधा पनि तोकिएको छ ।





























