कक्षा ११ को नयाँ भर्ना प्रक्रिया नगर्न काठमाडौं महानगरको परिपत्र

कक्षा ११ को नयाँ भर्ना प्रक्रिया नगर्न काठमाडौं महानगरको परिपत्र

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) को नतिजा प्रकाशन नभएसम्म विद्यार्थी भर्नाका कुनै पनि प्रक्रिया नगर्न परिपत्र जारी गरेको छ ।

बुधबार महानगरका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले विज्ञप्ति जारी गरी २०८० को शैक्षिक सत्रका लागि केही विद्यालयले कक्षा ११ को भर्ना सूचना प्रकाशन गरेको भन्ने उजुरी प्राप्त भएकोले यस सम्बन्धमा ध्यानाकर्षण भएको बताएका छन् । 

शिक्षा विभागले महानगर अन्तर्गतका सबै विद्यालयमा भर्नासम्बन्धी परिपत्र जारी गरेको हो । केही निजी विद्यालयले भर्ना प्रक्रिया सुरु गरेपछि महानगरमा उजुरी परेका हो ।

'काठमाडौं महानगरपालिका भित्र सञ्चालित केही विद्यालयले शैक्षित्रसत्र २०८० का लागि कक्षा ११ मा भर्ना गर्न सूचना प्रकाशन गरेको भन्ने उजुरीका सम्बन्धमा यस विभागको ध्यानाकर्षण भएको छ । माध्यमिक शिक्षा परीक्षा (कक्षा १०)को नतिजा प्रकाशन नभएसम्म विद्यार्थी भर्ना सम्बन्धी कुनैपनि प्रक्रिया नगर्नुहुन सूचित गरिन्छ', महानगरद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

kathmandu-metropolis-press1686157459.jpg