काठमाडौं । बैतडीका दुई स्थानीय तहले वैदेशिक रोजगारीमा जान चाहने नागरिकलाई श्रम स्वीकृति दिन सुरु गरेका छन् ।
जिल्लामा दश स्थानीय तह छन् । जसमध्ये पाटन र दशरथचन्द नगरपालिकाले श्रम स्वीकृति दिन सुरु गरेका हुन् ।
गत वैशाख १ गतेदेखि लागू हुने गरी स्थानीय तहले नै रोजगार शाखामार्फत् श्रम स्वीकृति दिनसक्ने व्यवस्था मिलाइएकाे हाे।
सोही निर्णयका आधारमा पाटन नगरपालिकाले श्रम स्वीकृति दिन थालेको हो।
नगरप्रमुख गौरीसिंहले स्थानीय तहबाट श्रम स्वीकृति हुँदा वैदेशिक राेजगारमा जानेहरूका लागि निकै सजिलाे हुने बताए ।
दशरथचन्द नगरपालिकाले गत वैशाख अन्तिम साताबाट श्रम स्वीकृत दिन थालेको थियो।




























