बुटवल । बुटवलबाट अर्घा जाने जिप झिमरुक-६ अर्गेलिमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् भने १ जनाकाे अवस्था गम्भीर रहेकाे जिल्ला प्रहरी कार्यलय प्युठानले जनाएकाे छ । बुटवलबाट प्युठानको अर्खा जाँदै गरेको लु २ ख ६३२२ जिप झिमरूक-६ अर्गेलीमा दुर्घटना भएको हो ।
गौमुखि पाँच निवासि आठ वर्षीय सरोज केशि, गौमुखि ३२ वर्षीय सुनिता केसि, गौमुखि ४२ वर्षीय खिमा मल्ल, गौमुखिको ३७ वर्षीय सन्तलाल गरुङ , गौमुखि ५५ वर्षीय रेमलाल थापा, गौमुखि ५० वर्षीय मोति पुन, झिमरुक ८ कि ३२ वर्षीय साबित्रा बस्नेत, झिमरुक पाचको ६० वर्षीय कुम्भ जिजि, धनकुमारी जि सि, मदानेको ३८ वर्षीय सालिकराम कुवर वर्ष ५७ धनकुमारी गम्भीर भएको र तीन जनाको नाम नखुलेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।




























