६ किलो बढी चरेससहित एक जर्मन नागरिक पक्राउ

६ किलो बढी चरेससहित एक जर्मन नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलोभन्दा बढी चरेससहित एक जना जर्मन नागरिक  पक्राउ परेका छन् । 

टर्किस एयरलाइन्सबाट काठमाडौंबाट इस्तनाबुल हुँदै सुत्तगार्ट जाँदै गरेका उनलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेमा ६३ वर्षीय पल रिस्ट रहेको प्रहरीले जनाएको छ । 

उनले सुटकेसमा कार्बन पेपरले बेरेर चरेस लुकाएका थिए । विमानस्थल प्रहरीले जाँच गर्दा सो चरेस बरामद भएको थियो ।

पक्राउपछि प्रहरीले लागुऔषध नियन्त्रण ब्युरोको जिम्मा लगाएको थियो । ती जर्मन नागरिकबाट ६ किलोभन्दा बढी चरेस बरामद भएको प्रहरीले जनाएको छ । 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।