काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको आइपिओ निष्कासन प्रक्रिया रोकिने भएको छ ।
नेपाल धितोपत्र बोर्डले सोमबार आइपिओ निष्कासन प्रक्रिया रोकेको हाे ।
फर्जी आवेदन भरेर लगानीकर्तालाई भ्रममा पारिएको समाचार सार्वजनिक भएसँगै धिताेपत्रले यस्तो निर्णय गरेको हो ।
आइपिओमा झुटा आवेदन परेको देखिएपछि सिडिएस एण्ड क्लियरिङ लिमिटेडले धितोपत्र बोर्डलाई जानकारी गराएको थियो ।
जानकारीपश्चात् बाेर्डले बुझ्न खाेज्दा कुनै पनि स्पष्टीकरण नआएकाे बाेर्डकाे भनाइ छ ।
गत वर्षकाे साउन १ गते घोराही सिमेन्टले ७९ लाख ४३ हजार कित्ता सेयर प्रिमियम मूल्यमा सार्वजनिक निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको थियाे ।
यो सिमेन्ट उद्योग पश्चिम नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योग पनि हाे ।




























