राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पढाइ सुरु

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पढाइ सुरु

काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा शैक्षिक कार्यक्रम सञ्चालनमा आएका छन् । 

प्रतिष्ठान स्थापना भएको करिब ५ वर्षपछि पढाइ सुरु भएको हो ।

प्रतिष्ठानले गत बिहीबार एक औपचारिक कार्यक्रमको आयोजना गरी बिएस्सी नर्सिङ र बिएनएस कक्षा सञ्चालनमा ल्याएको हो । 

कार्यक्रमको अध्यक्षता राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले गरेका थिए ।

उपकुलपति लामिछानेले अबको एक वर्षमा एमडिजिपी, एमडी तथा एमएस कक्षा सञ्चालनका लागि प्रतिष्ठान तयार रहेको बताए । 

एमबिबिएस कक्षा सञ्चालनमा भने समय लाग्ने उनकाे भनाइ छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले प्रतिष्ठानले नर्सिङ शिक्षाको कार्यक्रम सञ्चालन गरेकोमा खुसी व्यक्त गरेका थिए।

बिएससी नर्सिङतर्फ २० जना र बिएनएसतर्फ २० जना विद्यार्थी भर्ना भएका छन्।