काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरण गर्दै छ ।
चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज अवतरण गर्न लागेको हो । जहाज आज बिहान साढे ९ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गर्ने तयारी छ ।
चार्टर्ड यो जहाजमा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना समेत १३० जना यात्रु रहने छन् । जहाज ११ बजे काठमाडौं फिर्ता हुनेछ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल १ जनवरी २०२३ बाट सञ्चालनमा आएको थियो ।