राजस्थान जाँदै गरेको बस गल्छीमा दुर्घटना

राजस्थान जाँदै गरेको बस गल्छीमा दुर्घटना

काठमाडौं । काठमाडौंबाट भारतको राजस्थान जाँदै गरेको यात्रु बस धादिङको गल्छीमा दुर्घटना भएको छ ।

एआर ०६ ई ७०३१ नम्बरको बस आज बिहान ८ः५५ बजे गल्छी गाउँपालिका–७ को गल्छी मोडमा अनियन्त्रित भएर दुर्घटना भएको हो ।

दुर्घटनामा केही यात्रुहरू घाइते भएका र तीमध्ये एक जना बच्चाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

बसमा ३० जना यात्रुहरू थिए । तीमध्ये केही घाइते भएका र उनीहरूलाई अस्पताल पठाइएको छ । घाइतेहरूमध्ये १०–१२ वर्षको एक जना बच्चाको अवस्था गम्भीर रहेको छ ।

बस दुर्घटना हुँदा सडक अवरुद्ध भएको थियो । अहिले भने बसलाई उठाइसकेकाले बाटो खुलिसकेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।