शिक्षा अधिकृतमाथि हातपात गर्ने वडाध्यक्ष वली पक्राउ

शिक्षा अधिकृतमाथि हातपात गर्ने वडाध्यक्ष वली पक्राउ

दाङ । शिक्षा अधिकृतमाथि हातपात गर्ने वडाध्यक्ष पक्राउ परेका छन् ।

जिल्लाकाे शान्तिनगर गाउँपालिका-२ का वडाअध्यक्ष सुनिल वली शुक्रबार पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय, दाङले जनाएकाे छ ।

वडाध्यक्ष वलीले बिहीबार दिउँसो ४ बजेतिर शान्तिनगर गाउँपालिकाको कार्यालयमा प्रवेश गरी शिक्षा अधिकृत सुमन पाण्डेमाथि हातपात गरेका थिए ।

वलीलाई जाहेरीका आधारमा आजै म्याद थप गरेर कानुनी कारबाही अघि बढाउने प्रहरीले जनाएको छ ।

वडाध्यक्ष वली शिक्षा शाखामा प्रवेश गरी सरकारको सशर्त बजेट अन्तर्गत जनकल्याण मावि सिमसुन्दरपुरमा कार्यान्वयन हुने पुस्तकालय स्थापना कार्यक्रमको फाइल मागेका थिए । 

शिक्षा अधिकृत पाण्डेको समेत उपस्थितिमा छलफल चलिरहँदा र तर्कवितर्क भएपछि वडाध्यक्ष वलीले कार्यक्रमसँग सम्बन्धित सम्झौताको फाइल नै च्यात्नुका साथै शिक्षा अधिकृत पाण्डेमाथि हातपात गरेका थिए ।