छैटौै जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणको नतिजा सार्वजनिक

छैटौै जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणको नतिजा सार्वजनिक

काठमाडौं । जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण- २०२२ सार्वजनिक भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा न्यू एराले गरेको सर्वेक्षणको नतिजा शुक्रबार सार्वजनिक भएको हो ।

जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण सन् १९९७ देखि गर्दै आइएको स्वास्थ्य मन्त्रालयकी सचिव देवकुमारी गुरागाईंले बताइन् ।

उनले याे तथ्यांकले नेपालको दिगो विकासका लक्ष्य प्राप्त गर्न सजिलाे हुने बताइन् ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा.कृष्ण पौडेलले सर्वेक्षणको संक्षिप्त नतिजा प्रस्तुत गरेका थिए ।

उनका अनुसार नतिजा हेर्दा केही केहीमा लक्ष्य प्राप्त भइसकेको र केहीमा केहनत गर्नुपर्ने देखिएको छ ।

सर्वेक्षणअनुसार नेपालले जन्मदरमा दिगो विकासको लक्ष्य प्राप्त गरिसकेको छ । मातृमृत्युदर, स्वास्थ्य संस्थामा सुत्केरी हुने दर, बालबालिका बिरामी हुँदा स्वास्थ्यकर्मीसँग परामर्श लिने दरमा राम्रो प्रगति भएको सर्वेक्षणमा उल्ले‍ख छ ।

सर्वेक्षणको उद्देश्य प्रजनन, विवाह, परिवार नियोजन, स्तनपानका अभ्यास, पोषण, खाद्य असुरक्षा, मातृ तथा बाल स्वास्थ्य, बाल मृत्युलगायतका विविध विषयको तथ्यांक प्रस्तुत गर्नु हाे

सर्वेक्षणमा देशका सबै भूगोल, वर्ग तथा समुदायको प्रतिनिधित्व हुनेगरी १३,७८६ घरपरिवार छनोट गरिएको मन्त्रालयले जनाएकाे छ ।