कर्मचारीलाई इन्धनको सट्टा नगद यस्तो छ निर्देशिका (पूर्णपाठ)

कर्मचारीलाई इन्धनको सट्टा नगद यस्तो छ निर्देशिका (पूर्णपाठ)

काठमाडौं । सरकारले सवारी साधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद प्रदान गर्ने भएको छ । सरकारले  कर्मचारीलाई इन्धनबापत नगद प्रदान गर्ने निर्देशिका, २०८० समेत स्वीकृत गरिसकेको छ ।  

संवैधानिक अङ्ग वा निकाय, अदालत, नेपाल सरकारका मन्त्रालय, आयोग, सचिवालयलगायतका केन्द्रीय स्तरका निकायमा कार्यरत नेपाल सरकारका राजपत्राङ्कित विशिष्ट श्रेणी तथा राजपत्राङ्कित प्रथम श्रेणीका अर्थात् सचिव र सहसचिव स्तरका कर्मचारीले यो सुविधा प्राप्त गर्ने निर्देशिकामा उल्लेख छ ।

जस अनुसार अब मासिक रूपमा सचिवले १२५ र सहसचिवले १०० लिटर इन्धन बराबरको रकम एकमुस्ट पाउने छन् । यसैगरी त्रैमासिक रूपमा पाँच लिटर मोबिल- ब्रेकआयलको सुविधासमेत पाउने छन् । 

विद्युतीय सवारीसाधन प्रयोग गर्नेले भने इन्धनबापत उपलब्ध गराउने रकमको आधा पाउने निर्देशिकामा उल्लेख छ । इन्धनबापत भुक्तानी भएको रकमको कुनै बिलबिजक पेश गर्नुपर्ने छैन । यस निर्देशिका बमोजिम प्रदान गरिने इन्धनबापतको रकम मासिक रूपमा दिने तलब भत्तासँगै सम्बन्धित कर्मचारीलाई भुक्तानी दिइने छ । 

निर्देशिकाको पूर्ण पाठ