काठमाडौं । राजधानीमा आजदेखि सुरुआत हुने त्रिकोणात्मक टि-ट्वान्टी सिरिजअन्तर्गत आज नेपालले संयुक्त अरब इमिरेट (युएई) सँग खेल्दैछ । खेल दिउँसो १ बजेदेखि सुरु हुनेछ ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुने खेलमा नेपालले युएईविरुद्ध जित निकाल्ने उदेश्यका साथ मैदानमा उत्रदैछ । टि-२० मा नेपाल र युएई हालसम्म पाँच पटक आमने-सामने भएका छन् ।
जसमा नेपालले दुई खेल जित्दा युएई ३ खेलमा विजयी भएको छ । नेपाली टोलीमा कप्तान रोहित पौडेलसहित आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा र सोमपाल कामी छन् ।
त्यस्तै करण केसी, प्रतिश जिसी, ललित राजवंशी, अभिनाश बोहरा, विवेक यादव, सागर ढकाल, बिनोद भण्डारी, लोकेश बम, सूर्य तामाङ र श्याम (मौसम) ढकाल रहेका छन् । सो प्रतियोतिामा नेपालसहित युएई र हङकङ सहभागी छन् ।




























