काठमाडाैं । लुम्बिनी साँस्कृतिक नगरपालिकाको ११ औं नगरसभाले आगामी वर्षका लागि ८२ करोड ९९ लाख ५० हजार रुपैँयाँको बजेट सार्वजनिक गरेको छ ।
संघको समानीकरण अनुदानतर्फ १७ करोड ३१ लाख, ससर्त अनुदानतर्फ ३४ करोड ३२ लाख, राजस्व बाँडफाँडतर्फ १४ करोड ४१ लाख ९७ हजार, समपुरक अनुदानतर्फ १ करोड ३० लाख अनुमान गरिएको छ ।
यस्तै, प्रदेश सरकार समानीकरण अनुदानतर्फ १ करोड ३१ लाख, ससर्त अनुदान १ करोड ११ लाख ५० हजार, राजस्व बाँडफाँडतर्फ ७८ लाख ३४ हजार अनुमान गरिएको छ । आन्तरिक स्रोत ३ करोड ४६ लाख ३७ हजार, प्रदेश सरकारबाट समपुरक अनुदान १ करोड ५० लाख विनियोजन भएको छ ।
त्यस्तै चालु वर्षको ३ करोड, सडक बोर्डतर्फ ४० लाख बचत हुने अनुमान नगरपालिकाले गरेको छ । बजेटमा पूर्वाधार, पर्यटन, शिक्षा, कृषिलाई प्राथमिकतामा राखिएको छ ।
हेर्नूस् पूर्णपाठ:




























