तिलोत्तमा नगरपालिकाले ल्यायाे २ अर्ब ७३ करोड ८४ लाख ३९ हजार

तिलोत्तमा नगरपालिकाले ल्यायाे २ अर्ब ७३ करोड ८४ लाख ३९ हजार

काठमाडाैं । तिलोत्तमा नगरपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकता राख्दै आगामी वर्षका लागि बजेट सार्वजनिक गरेको छ ।  

नीति तथा कार्यक्रमकाे लक्ष्य 'समृद्ध नगर खुसी नगरबासी' भन्ने नाराका साथआगामी आर्थिक वर्ष २०८०र८१ का लागि दोस्रो नगरसभाको तेस्रो अधिवेशनमा उपप्रमुख जगेश्वरदेवी चौधरीले २ अर्ब ७३ करोड ८४ लाख ३९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् ।

पेस भएको बजेटमध्ये चालु खर्चतर्फ १ अर्ब ६ करोड २४ लाख ५० हजार र पुँजीगततर्फ १ अर्ब ६७ करोड ५९ लाख ८९ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

तिलोत्तमाले चालु आर्थिक वर्षका लागि २ अर्ब ७ करोड ७८ लाख ८३ हजारको बजेट ल्याएको थियो । तिलोत्तमाले आगामी वर्षका लागि भवन, सहरी विकास र पूर्वाधारका लागि सबैभन्दा बढी बजेट छुट्याएको छ । जसका लागि १ अर्ब ९५ लाख बजेट विनियोजन गरिएको छ ।

त्यस्तै स्वास्थ्य क्षेत्रका लागि १४ करोड ३८ लाख ७७ हजार, शिक्षामा ४८ करोड १२ लाख, कृषि, पशुपालन र सिँचाइका लागि ३ करोड २३ लाख ५१ हजार, युवा, खेलकुद तथा मनोरन्जनका लागि ७३ लाख, लैंगिक समानता तथा सामाजिक समावेशीकरणका लागि ३ करोड ६५ लाख ५९ हजार बजेट विनियोजन गरेको छ ।
 

हेर्नूस् पूर्णपाठ :