काठमाडौं । भारतको ओडिसामा यात्रु बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । आठ यात्रु गम्भीर घाइते भएका छन् ।
समाचार एजेन्सी एएनआईका अनुसार ओडिसाको गंजम जिल्लामा गए राति बस दुर्घटना भएको हो ।
ओडिसा राज्यको सडक परिवहन निगमको बस र एक निजी बस ठोक्किएर दुर्घटना भएको हो । मृतकहरू निजी बसमा सवारहरू रहेको बताइएको छ ।
ओडिसाका मुख्यमन्त्रीले दुर्घटनामा दुःख व्यक्त गर्दै मृतकका परिवारलाई ३(३ लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेका छन् ।




























