त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका ४२ जना कर्मचारीमाथि अनुसन्धान

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका ४२ जना कर्मचारीमाथि अनुसन्धान

काठमाडौं । राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका ४२ जना कर्मचारीमाथि अनुसन्धान थालेको छ ।

नक्कली बिल बनाएर भन्सार छली गरेको आरोपमा विभागले अनुसन्धान थालेको हो ।

विदेशबाट नेपाल आयात भएका वस्तुको भन्सार जाँच पास गर्दा नक्कली बिल पेस हुँदा त्यसैका आधारमा उक्त कर्मचारीमाथि भन्सार जाँच पास गरिदिएको रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।

विमान कम्पनीले वस्तु आयातमा जारी गर्ने बिललाई च्यातेर भन्सार छली गर्न फोटोकपी गरेर नक्कली बिल बनाइएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

यस कार्यमा संलग्नहरूको सूची तयार गरेर गत हप्ता राजस्व अनुसन्धान विभागले बयानका लागि समन्वय गरिदिन भन्सार विभागलाई पत्राचार समेत गरिसकेको छ ।