काठमाडौं । कञ्चनपुरका नौ वटै स्थानीय तहहरूले आगामी आर्थिक वर्ष २०८०।०८१ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् ।
भीमदत्त नगरपालिकाले १ अर्ब ८१ करोड ३५ लाख ८१ हजार, वेदकोट नगरपालिकाले ९२ करोड २० लाख ५० हजार, कृष्णपुर नगरपालिकाले ८९ करोड ६७ लाख, बेलौरी नगरपालिकाले ८६ करोड ५७ लाख ६७ हजार, दोधारा चाँदनी नगरपालिकाले ६९ करोड ३५ लाख ५६ हजार, बेलडाँडी गाउँपालिकाले ४६ करोड ९५ लाख ७७ हजार ८२३ र लाल झाडी गाउँपालिकाले ४६ करोड ४४ लाख ४९ हजार ८०० बराबरको बजेट सार्वजनिक गरेका हुन् ।
शुक्लाफाँटा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ८८ करोड ७ लाख ९६ हजार २ सय, पुनर्वास नगरपालिकाले ७७ करोड ८१ लाख ६४ हजार बराबरको बजेट सार्वजनिक गरेका छन् ।
यी सबै स्थानीय तहहरूको बजेट गत वर्षको भन्दा कम छ सात वटा नगरपालिका र दुई वटा गाउँपालिका रहेको कञ्चनपुरका सबै स्थानीय तहहरूले शिक्षा, स्वास्थ्य, कृषि तथा स्वरोजगार मूलक कार्यक्रमहरूलाई प्राथमिकतामा राखेको जनाएका छन् ।
चुरे क्षेत्रसँग जोडिएका स्थानीय तहहरूले नदीजन्य पदार्थहरूको उत्खनन र बेचबिखनलाई मुख्य आयस्रोतका रूपमा लिएका छन् । कञ्चनपुरका स्थानीय तहहरू पनि सङ्घ र प्रदेशबाट उपलब्ध हुने अनुदानमै निर्भर रहेको देखिन्छ ।