काठमाडौं । लोक सेवा आयोगले नतिजा सार्वजनिक गरेको छ । आयोगले न्याय,प्रशासन, लेखा समूह खरिदार वा सो सरह राजपत्र अनङ्कित द्वितीय श्रेणीको नतिजा सार्वजनिक गरेको हो ।
माग पद संख्या २२ जनामा लिखित परीक्षामा सम्मिलित संख्या ३ सय ७८ जनामा ४० जना छनोट भएका छन् ।
छनोट भएका मध्य अमित कुमार महतो, असल राई, उमेश तिम्सिना, कला भुजेल, केदार खत्री, कोमल श्रेष्ठ, कौशल कटुवाल, गंगुराम राई, छविराज नाछिरीङ्ग राई, दीपक भट्टराई, दुर्गराज चौलागाँई, नरबहादुर सुनुवार, निर्जला पौडेल दंगाल, पूजा लामिछाने, पूर्णबहादुर सङ्ग्रौला, प्रज्वल कोइराला, प्रज्वल राई, प्रमीला भुजेल, प्राविका गई, बादल राई, बिना राई, विश्वेश्वरप्रसाद यादव, भानुभक्त पोखरेल, मदन महतो, महेश मिश्र, रवीन्द्र बोहरा, रिया राई, रेस्मीका थापा, रोशन राई, विदुर भट्टराई, वीरेन्द्र ओली, शशिलकुमार पण्डित, सन्तोष बि।क।, शर्मिला राई, सिताराम चौलागाईं, सुनिल राय, सुदर्शन खड्का, सुवास बि।क। र हिमाल खपाङ्गी छनोट भएका छन् ।
उत्तीर्ण उम्मेदवारलाई सूचना प्रकाशित भएको सात दिनभित्र पासपोर्ट साइजको २ कपी फोटो, आवश्यक न्यूनतम योग्यता यकिन हुने कागजातसहित दरखास्त फारामको प्रथम र तृतीय पाना २ प्रति भरेर दरखास्त व्यवस्थापन केन्द्र अनामनगरमा प्रमाणपत्रको प्रतिलिपि आफैँले प्रमाणित गरी रुजू गराउनसमेत आयोगले जानकारी गराएको छ ।