पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकालविरुद्ध गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढकालविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि १ करोड ४४ लाख ११ हजार रुपैयाँ स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको हो ।

ढकाल २०७४ साउन ३२ देखि २०७९ साल जेठ ३० गतेसम्म कोषको सदस्य सचिव थिए । सोही अवधिमा अख्तियारले आर्जन गरेको सम्पत्तिमाथि अनुसन्धान गरेको जनाएको छ ।