काठमाडौं । एनसेलले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीका निम्ति आफ्नो विशेष अफर ‘पहिलो सिम’ नामक विशेष अफर सार्वजनिक गरेको छ। यो अफरमा विद्यार्थीले करसहित मात्र ५० रुपैयाँमा एनसेलको प्रिपेड सिम लिन सक्छन् । र,विभिन्न डिजिटल सेवा र सुविधा उपयोग गर्न सक्नेछन्।
विद्यार्थीले ‘पहिलो सिम’ लिँदा आफ्नो रोजाइअनुसार एनसेल मोबाइल नम्बर छनोट गर्न पनि सक्छन् । यो सिममार्फत प्रयोगकर्ताले दुई जीबी डाटा, सबै नेटवर्कमा ५० मिनेट कल सुविधा तथा २८ दिनका लागि निःशुल्क अनलाइन लर्निङ प्लेटफर्म ‘मेरो स्कुल’ र गेमिङ प्लेटफर्म ‘जीपीएल’मा पहुँच पाउनेछन्। ‘मेरो स्कुल’मा पाठ्यक्रममा आधारित भिडियो सामग्री उपलब्ध हुने भएकाले विद्यार्थीको सिकाइ प्रक्रियामा सहयोग पुग्ने कम्पनीको विश्वास छ भने ‘जीपीएल’मार्फत विभिन्न अनलाइन खेल खेल्न सकिनेछ। यस्तै, जीपीएल एक गेमिङ पोर्टल हो, यसमा एचटीएमएलमा आधारित विभिन्न खेलको मजा लिन सकिन्छ ।
त्यसैगरी, ‘पहिलो सिम’ प्रयोगकर्ताले डिजिटल वालेट ‘खल्ती’ प्रयोग गर्दा डाटा शुल्क नलाग्ने सुविधा पनि पाउनेछन्। अर्थात्, ग्राहकले खल्ती प्रयोग गर्दा कुनै डाटा शुल्क लाग्दैन । साथै, ५० रुपैयाँ वा सोभन्दा बढी रिचार्ज गर्दा सात दिनसम्म मान्य हुने ५०० एमबी बोनस डाटा समेत उपलब्ध गराइनेछ।
विद्यार्थीहरूले आफ्नो मनपर्ने मोबाइल नम्बर छनोट गर्न सक्ने यस योजनाअन्तर्गत सिम लिन एसईई प्रवेशपत्र र अभिभावकको नागरिकताको प्रतिलिपि आवश्यक पर्नेछ। एसईई दिएका विद्यार्थीले देशभरका कुनै पनि एनसेल सेन्टरबाट सजिलै पहिलो सिम लिन सकिने कम्पनीले जनाएको छ। सिम लिन विद्यार्थी आफ्नो एसईईको प्रवेशपत्र र आमा वा बुवाको नागरिकताको फोटोकपीसहित नजिकको एनसेल सेन्टरमा जानुपर्छ । आवश्यक प्रमाणीकरणपछि उनीहरूको सिम सक्रिय हुन्छ ।
एनसेलले एसईईका विद्यार्थीलाई सुलभ दरमा दूरसञ्चार सेवा उपलब्ध गराउने उद्देश्यसहित आफ्नो लोकप्रिय ‘पहिलो सिम’ अफरलाई यो वर्ष पनि निरन्तरता दिइएको जनाएको छ । यो सिमले विद्यार्थीलाई आफ्ना साथीभाइ, परिवारसँग सधैँ सम्पर्कमा रहेर बाहिरी संसारसँग जोडिरहन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास कम्पनीले लिएको छ । साथै सुलभ दरमा सञ्चार सेवा उपलब्ध गराउने उद्देश्यसहित ल्याइएको यो अफरले विद्यार्थीलाई अध्ययन, मनोरञ्जन र डिजिटल पहुँच विस्तारमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।




























