काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५६.६९ अकंले बढेर २८२२.७८ बिन्दुमा कायम भएको छ ।
आज ३२१ कम्पनीको १ करोड ४९ लाख ८६ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६८ करोड ३३ लाख ८६ हजार रुपैयाँको कारोबार भएको हो ।
आज १३ वटै उपसूचकमा हरियाली आएको छ । बिहिबार विकास बैंक समूहको शेयर मूल्य मात्रै सर्वाधिक ३.५९ प्रतिशतले बढेको हो । साथै, फाइनान्सको २.१५ प्रतिशत, जीवन बीमा समूहको २.३९ प्रतिशत, इन्भेष्टमेन्ट समूहको २.३८ प्रतिशत, वाणिज्य बैंक समूहको १.५१ प्रतिशतले शेयर मूल्य बढेको छ ।
बुधबार २३२ कम्पनीको शेयर मूल्य बढेको छ भने १९ कम्पनीको घटेको छ ।




























