चट्याङ लागेर प्रजाको मृत्यु

चट्याङ लागेर प्रजाको मृत्यु

वाग्मती । चट्याङ लागेर हेटौडा उपमहानगरपालिका–१५ कमेरोपानीमा एक जनाको मृत्यु भएको छ ।

मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामु अर्यालका अनुसार चट्याङ लागेर हेटौडा उपमहानगरपालिका– १६ सानो आकाशधाराका ३७ वर्षीय बुद्धबहादुर प्रजाको घटनास्थलमा नै मृत्यु भएको हो ।

स्थानीय धनबहादुर स्याङतानले सञ्चालन गरेको किराना पसलमा दैनिक उपभोगका सामान खरिद गर्न गएका बेला चट्याङ लागेर निजको मृत्यु भएको हो । शवपरीक्षणका लागि हेटौँडा अस्पताल पु-याइएको छ ।