काठमाडौं । धार्मिक सहिष्णुता खलल पार्ने सामग्री तयार गरेर युट्युबमा प्रसारण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ घर भएर धरान बस्ने ४२ वर्षीय नयन्द्रकुमार राई छन् ।
उनले डिजिटल प्लेटफर्ममा धार्मिक सहिष्णुतामाथि आघात पार्ने र घृणा फैलाउने अभिव्यक्ति दिएको साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले रातोपाटीलाई बताए । उनीबिरुद्ध प्रहरीले विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट ४ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।




























