काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीको सरुवालाई व्यवस्थित गर्न कार्यदल गठन गरेको छ ।
कर्मचारी सरुवाको झन्झट व्यवस्थित गर्ने उपाय खोज्न सह-सचिव बलराम रिमाल र हेमराज तामाङ रहेको आन्तरिक अध्ययन कार्यदल गठन गरेको हो ।
बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सामान्य प्रशासन मन्त्री मन्त्री मोदीले कर्मचारी सरुवालाई व्यवस्थित गर्ने उपाय सुझाउन कार्यदलले सघाउने स्पष्ट पारे । उनले भने, 'नीति अनुसार सरुवा प्रणाली व्यवस्थित गर्नका लागि कार्यदल गठन गरिएको हो ।'
कर्मचारी सरुवाकै कारण सामान्य प्रशासन हरेक दिन जसो कर्मचारी र तीसँग सम्बन्धित व्यक्तिहरूको बाक्लो भीड हुने गर्दछ ।




























