काठमाडौं । बुटवलमा लुटेराहरूले ठेला व्यवसायीको हत्या गरेका छन् ।
इलाका प्रहरी कार्यालय, बुटवलका अनुसार बुटवल उपमहानगरपालिका- ११ देवीनगरमा ठेला व्यवसाय गर्दै आएका ३५ वर्षीय पुरुषको हत्या भएकाे हाे ।
लुटपाट गर्ने क्रममा युवाहरूको समूहले कुटपिट गरी हत्या गरेको प्रहरीको भनाइ छ ।
हत्या गरेको आरोपमा प्रहरीले ११ वर्षीय किशोरसहित ३१ वर्षीय गणेश थापालाई पक्राउ गरेको छ।
घटनाकाे बारेमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।




























