सामान्य प्रशासन मन्त्रालयले पत्राचार गर्दै भन्यो- १५ दिनभित्र कर्मचारी दरबन्दी पठाउनू

सामान्य प्रशासन मन्त्रालयले पत्राचार गर्दै भन्यो- १५ दिनभित्र कर्मचारी दरबन्दी पठाउनू

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफ्नो कार्यालयअन्तर्गतका स्थायी कर्मचारीको दरबन्दी पठाउन पत्राचार गरेको छ ।

मन्त्रालयले १५ दिनभित्र स्थायी कर्मचारीको दरबन्दी पठाउन सबै मन्त्रालय, आयोग र सचिवालयहरूलाई पत्राचार गरेको हो ।

‘मन्त्रालय, आयोग, सचिवालय र अन्तर्गतका कार्यालयहरूमा कार्यरत सम्पूर्ण स्थायी कर्मचारीहरूको प्रमाणित विवरण १५ दिनभित्र मन्त्रालयको संघीय मामिला तथा प्रादेशिक कर्मचारी प्रशासन शाखामा उपलब्ध गराइदिनुहुन अनुरोध छ’, परिपत्रमा भनिएकाे छ ।

 

notice 1231686650541.jpg