काठमाडौं महानगरद्वारा विद्यार्थी संगठनले विद्यालयमा लगाएको ताला तोडियो

काठमाडौं महानगरद्वारा विद्यार्थी संगठनले विद्यालयमा लगाएको ताला तोडियो

काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यार्थी संगठनले तीनवटा विद्यालयमा लगाएको ताला तोडेको छ ।

महानगरले संस्कृत माध्यमिक विद्यालय, वृहस्पति माध्यमिक विद्यालय र युलेन्स स्कुलमा अनेरास्ववियु (क्रान्तिकारी (काठमाडौँ जिल्ला समिति) ले लगाएको ताला तोडेको हो ।

संगठनले‍ आइतबार छात्रवृत्ति विवरण, शुल्क स्वीकृति विवरण, कर्मचारीको पारिश्रमिक विवरण लगायतका माग राखी तीन विद्यालयमा ताला लगाएको थियो ।

महानगरका मेयर बालेन्द्र साह (बालेन)ले बालबालिका पढ्ने ठाउँमा ताला लगाउनु अपराध भएको भन्दै ताला फोड्न निर्देशन दिएका हुन् ।

‘हामी शैक्षिक गुणस्तर सुधारका लागि नियमित काम गरिरहेका छौँ । विद्यालयमा कसैले पनि राजनीति गरेको हामी कल्पना पनि गर्न सक्दैनौँ । चाहे त्यो सरकारी होस् वा निजी । हामीले विद्यालयमा लगाएको ताला फोडेर शैक्षिक क्रियाकलाप नियमित गराएका छौँ ’, उनले भनेका छन् ।