मधेस प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेस प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार विश्वासको मत लिँदै छन् । 

यसका लागि आज बेलुका ५ बजे प्रदेशसभाको बैठक बोलाइएको छ ।

गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका यादवले माघ ४ गते विश्वासकाे मत लिएका थिए ।

एमालेले गत जेठ १ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। त्यसैले गर्दा आज मुख्यमन्त्री राउतले पुन: विश्वासकाे मत लिन लागेका हुन् ।

राष्ट्रपति निर्वाचनले गठबन्धन भत्किएपछि एमाले सरकारबाट बाहिरिएकाे थियाे।