गौर हत्याकाण्ड: नरसंहारको १६ वर्षपछि सर्वोच्चमा सुनुवाइ सुरु

गौर हत्याकाण्ड: नरसंहारको १६ वर्षपछि सर्वोच्चमा सुनुवाइ सुरु

काठमाडौं । गौर हत्याकाण्डसम्बन्धी रिटमा मंगलबार सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ ।

न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा आज सुनुवाइ सुरु भएको हो । गौर नरसंहारको १६ वर्षपछि आज सुनवाइ हुन लागेकाे हाे ।

यसअघि जेठ २२, २५ र  २६ गते पेसी  परे पनि ‘हेर्न नभ्याउने’मा परेको थियो ।

त्यसैगरी जेठ २९ गते न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको उक्त रिट बेन्च नै बस्न नसकेपछि स्थगित भएको थियो । 

नरसंहार पीडितका परिवार तथा आफन्तले दोषीमाथि छानबिन गरी कारबाही हुनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।

सोही रिटमा आजदेखि सुनुवाइ सुरु हुन लागेकाे हाे ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालयलगायतलाई विपक्षी बनाएर रिट दायर गरिएकाे छ ।

जिल्ला प्रहरी कार्यालय, रौतहटमा जाहेरी दिँदासमेत छानबिन नभएपछि सर्वोच्चमा रिट दायर गरेको पीडितहरूको भनाइ छ ।

उनीहरूले उक्त घटनामा संलग्न भएको भन्दै तत्कालीन फोरम अध्यक्ष उपेन्द्र यादवमाथि कारबाही हुनुपर्ने माग राख्दै रौतहटमा जाहेरी दिएका थिए।