काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको भाउ घटाएको छ।
निगमले मंगलबार विज्ञप्ति जारी गर्दै आन्तरिक र बाह्य हवाई इन्धनको भाउ घटेको जनाएको हो ।
निगमका अनुसार हवाई इन्धन आन्तरिकमा प्रतिलिटर १० रुपैयाँ घटाइएको छ। योसँगै अब हवाई इन्धन आन्तरिक अब प्रतिलिटर १५० रुपैयाँ पर्नेछ।
नयाँ मूल्य मंगलबार राति १२ बजेदेखि लागू भएको छ ।
हेर्नुहोस् यस्तो छ निगमले निकालेको प्रेस विज्ञप्ति :