जब वडाध्यक्षले कार्यकक्षमै गरे शिक्षा अधिकृतमाथि हातपात…

जब वडाध्यक्षले कार्यकक्षमै गरे शिक्षा अधिकृतमाथि हातपात…

दाङ- दाङको शान्तिनगर गाउँपालिका वडा नं. २ का वडाध्यक्ष सुनिल वलीले शिक्षा अधिकृतमाथि हातपात गरेकाे पाइएकाे छ ।

उनले बिहीबार दिउँसाे गाउँपालिकाको कार्यालयमा प्रवेश गरी अधिकृत सुमन पाण्डेलाई हातपात गरेका हुन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काका अनुसार वडाध्यक्ष वली शिक्षा शाखामा प्रवेश गरी हुने पुस्तकालय स्थापना कार्यक्रमको फाइल मागेकाे र साेही कुरामा विवाद भइ फाइल च्यात्दै अधिकृत पाण्डे‍माथि हातपात गरेका थिए ।

वडाध्यक्ष वलीले प्रशासकीय अधिकृत डिल्ली खड्काको कार्यकक्षमा अधिकृत पाण्डेमाथि हातपात गरेका हुन् ।

प्रशासकीय अधिकृत खड‍्काले वडाध्यक्ष वलीलाई कारबाहीकाे माग गर्न जिल्ला प्रशासन कार्यालयसँग माग गरेका छन् । 

‌वली स्वतन्त्र रूपमा निर्वाचित वडाध्यक्ष हुन्। उनले कर्मचारीमाथि हातपात गरेकाे याे पहिलाे घटना भने हाेइन । गत फागुन महिनामा उनले गाउँपालिका अध्यक्ष प्रमोद बस्नेत र प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्कामाथि कार्यकक्षमै हातपातको प्रयास गरेका थिए ।

 

notice1687448086.jpg