सरकारले पदबाट हटायो १५ जना अवैतनिक दूतहरूलाई

सरकारले पदबाट हटायो १५ जना अवैतनिक दूतहरूलाई

काठमाडौं । वालेन्द्र शाह नेतृत्वको सरकारले विदेशस्थित १५ जना अवैतनिक दूतहरूलाई पदबाट हटाउने निर्णय गरेको छ ।

शुक्रबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्क बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकारहरूलाई बताए ।

उनका अनुसार परराष्ट्र मन्त्रालयको प्रस्तावमा विदेशस्थित १५ जना ‘अनररी कन्सुलर जनरल’ तथा कन्सुलरलाई पदमुक्त गर्ने निर्णय बैठकले गरेको हो ।

मन्त्रिपरिषद्को यस बैठकले यही वैशाख २८ गते अपराह्न ४ बजेका लागि बोलाइएको संघीय संसद्का दुवै सदनको बैठकलाई सम्बोधनका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई अनुरोध गर्ने निर्णय पनि गरेको पोखरेलले बताएका छन् ।