गोरखामा जन्ती बोकेको जिप दुर्घटना, पाँच जनाको मृत्यु

गोरखामा जन्ती बोकेको जिप दुर्घटना, पाँच जनाको मृत्यु

काठमाडौं । गोरखामा जन्ती बोकेको जिप दुर्घटना भएको छ ।

शहीद लखन गाउँपालिका–५ ताक्लुङबाट शहीद लखन ३ चिलिङकोटस्थित बेहुलीको घरमा गएर टिकाटालो गरेर फर्किंदै गरेको जिप गएराति दुर्घटना भएको हो ।

प्रहरीले पाँच जनाको मृत्यु भएको भनेर पुष्टि गरेको छ । 

बेहुला पक्षका तीनवटा गाडी चढेर टीकाटालो गर्न गएका थिए । तीनवटा गाडीहरुमध्ये एउटा गाडी गएराति १ बजेतिर दुर्घटना भएको हो । 

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार उक्त जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ । दुर्घटनास्थलमा खोज तथा उद्धार जारी छ । उद्धार कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र विपद व्यवस्थापन समितिको टोली खटिएका छन् ।