काठमाडौँ । लोक सेवा आयोगले सिभिल इन्जिनियर पदको नतिजा सार्वजनिक गरेको छ । माग पद संख्या ६ जनामा लिखित परीक्षामा सम्मिलित संख्या ३ सय ३७ जनामा १९ जना छनोट भएका छन् ।
छनोट भएका मध्य अच्युत पौडेल, अविनाश देव, अमृता ढकाल, अश्रु सिग्देल, कुन्दन साफी कृष्णप्रसाद सिंह, गणेश पाण्डे, टुनिशा ज्ञवाली, दीपेन्द्रकुमार दत्त, दिलीप नेपाली, पुकार किरण सुनाम, बेलबहादुर वि।क।, मदन आचार्य, मनिष भण्डारी, महेशकुमार नेपाली, विनय पराजुली, बिनु देवकोटा, सङ्गीता अधिकारी र सुश्रुत गौतम छनोट भएका छन् ।
उत्तीर्ण उम्मेदवारलाई सूचना प्रकाशित भएको सात दिनभित्र पासपोर्ट साइजको २ कपी फोटो, आवश्यक न्यूनतम योग्यता यकिन हुने कागजातसहित दरखास्त फारामको प्रथम र तृतीय पाना २ प्रति भरेर दरखास्त व्यवस्थापन केन्द्र अनामनगरमा प्रमाणपत्रको प्रतिलिपि आफैँले प्रमाणित गरी रुजू गराउनसमेत आयोगले जानकारी गराएको छ ।
हेर्नुहोस् सूचिसहित :