अख्तियारले दियो विशेषको फैसला उपर सर्वोच्चमा पुनरावेदन

अख्तियारले दियो विशेषको फैसला उपर सर्वोच्चमा पुनरावेदन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरूमा अदालतको फैसलाउपर पुनरावेदन गरेको छ ।

विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएका मध्ये गैर कानुनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी मुद्दाको फैसला आयोगलाई चित्त नबुझी सर्वोच्चमा पुनरावेदन गरेको हो ।

उक्त मुद्दामा सत्य जीव कुमार सिंह, टुनालाल कर्ण, शीतल रीमाल, सूचना तिमल्सिना, घनश्याम झा र ललित नारायण झा प्रतिवादीहरू रहेका छन् ।